+

आयोजकलाई पराजित गर्दै एपीएफ टाइगर कप भलिबलको फाइनलमा

२०८१ माघ  १८ गते ११:४३ २०८१ माघ १८ गते ११:४३
आयोजकलाई पराजित गर्दै एपीएफ टाइगर कप भलिबलको फाइनलमा

१८ माघ, काठमाडौं । आयोजक टाइगर ग्रुप पोखरालाई पराजित गर्दै विभागीय टोली नेपाल एपीएफ क्लब पाँचौ टाइगरकप कप भलिबलको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको क्वालिफायर वानमा साविक विजेता एपीएफले टाइगर ग्रुपलाई ३-१ को सेटमा पराजित गरेको हो ।

एपीएफले पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै अग्रता बनाएको थियो । दोस्रो सेटमा टाइगर ग्रुपले पुनरागमन गर्दै २५-२१ ले जित्दै खेल बराबरि गर्‍यो । तेस्रो सेट फेरि एपीएफले २५-१९ ले आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनायो । प्रतिस्पर्धात्मक चौथो सेट टाईब्रेकमा २६-२४ ले आफ्नो पक्षमा पार्दै एपीएफले खेल जितेको हो ।

क्वालिफायर वानमा पराजित भएको टाइगर ग्रुपले फाइनल पुग्नका लागि अर्को अवसर पाउनेछ । टाइगर ग्रुपले अब क्वालिफायर टु मा न्यु डायमण्डसँग प्रतिस्पर्धा गर्नेछ । न्यु डायमण्डले एलिमिनेटरमा नेपाल पुलिस क्लबलाई हराएर क्वालिफायर टु मा पुगेको हो ।

यसैगरी शुक्रबार पुरुषतर्फ क्वालिफायर वान र एलिमिनेटर खेल हुनेछ । क्वालिफायर वानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै एलिमिनेटरमा भारतको सुनिल कुमार भलिबल क्लब र गण्डकी प्रदेश भलिबल संघबीच खेल हुनेछ ।

टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय