+
+

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते ११:५०

१८ माघ, काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको संचालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।

कुल २७ करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात प्रदान हुनेछ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?