+
+

ओखलढुंगा जीप दुर्घटनाः घाइते चालकको भक्तपुरमा उपचार सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १३:१०

१८ माघ, काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा भएको जीप दुर्घटनामा घाइते चालकको भक्तपुरमा उपचार सुरु गरिएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–२ घर भएका २२ वर्षीय अनिल पण्डितको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार सुरु गरिएको हो । उनको हात खुट्टा र शरीरका विभिन्न भागहरुमा चोट रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले ओखलढुंगाबाट दुई जना प्रहरीले चालक पण्डितलाई उपचारका लागि भक्तपुर ल्याएको र अहिले उपचार जारी रहेको बताए ।

पण्डितले चलाएको ना १ ज ६४२१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीया तारा गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?