+
+

महाराजगञ्जमा महिला मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १३:२९

१८ माघ, काठमाडौं । काठमाडौंको महाराजगञ्जमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, देवलाल श्रेष्ठको जग्गामा रहेको टहरामा बस्दै आएकी अन्दाजी ४५ वर्षीया रिता खड्का मृत अवस्थामा भेटिएकी हुन्र ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराले उनी दीर्घरोगी रहेको खुलेको बताए । यद्यपि, प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?