+
+

सभामुखले संसद् अघि बढाएपछि रास्वपाको बहिष्कार (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ माघ १८ गते १३:४२

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

सभामुख देवराज घिमिरेले अवरोधका बीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो ।

अहिले रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् । उनीहरूले १५ मिनेटका लागि बैठक अवरोध गरेको जानकारी गराएका छन् ।

संसद भवन प्राङ्गणमा निस्केर बोल्ने क्रममा रास्वपा सांसद सोविता गौतमले विशेष कुराहरु राख्न चाहेर सभामुखसँग समय मागेको तर नपाएपछि बहिष्कार गरेको बताइन् । ‘उहाँले समय हामीलाई दिनुभएन । त्यसको विरोध स्वरुप १५ मिनेट सदन बहिष्कार गर्ने निर्णय गरेका थियौं,’ गौतमले भनिन् ।

हेर्नुहोस् तस्वीरहरू :  

       

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?