+
+

रूसी अधिकारी भन्छन् – कब्जा भएको भूभागमा युक्रेनी सेनाको आक्रमण, २२ को मृत्यु   

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १४:३४
Photo Credit : AFP

काठमाडौं । युक्रेनी सेनाले रूसबाट कब्जामा लिएको एउटा गाउँमा २२ जनाको ‘हत्या गरेको’ मस्कोले दाबी गरेको छ ।

युक्रेनले पश्चिमी रूसको कुर्स्क क्षेत्रका दर्जनौं सीमावर्ती वस्तीहरूलाई नियन्त्रण लिएको छ ।

अगस्टमा अचानक आक्रमण सुरु गरेयता लगभग दुई हजार नागरिकहरू अझै पनि आफ्नो कब्जामा रहेको क्षेत्रमा बसोबास गरिरहेको युक्रेनले बताएको छ।

रूसले अहिले धेरै सहरहरू आफ्नो कब्जामा लिएको छ ।

रूसी अनुसन्धान समितिले जनवरी १९ मा युक्रेनी सीमाबाट करिब २० किलोमिटर टाढा रहेको रूसकोये पोरेचनोये गाउँमा ‘कम्तीमा सात जना सर्वसाधारण’ मारिएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो ।

गत शुक्रबार उसले सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा ‘२२ जना बासिन्दाको हत्या’ भएको घटनाको अनुसन्धान गरिरहेको बताएको होे ।

विभिन्न घरको भुइँतलामा शव फेला परेका मध्ये आठ जना महिला पनि रहेको र उनीहरूलाई बलात्कारपछि हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले पाँच जना युक्रेनी सैनिक हत्याका लागि दोषी ठहर भएको जनाएका छन् । तीमध्ये एक येभगेनी फाब्रिसेन्कोलाई कुर्स्क क्षेत्रमा भएको लडाइँको क्रममा पक्राउ गरिएको बताएका छन् ।

समितिले फेब्रिसेन्को नाम गरेका एक व्यक्तिसँग सोधपुछ गरेको भिडियो सार्वजनिक गरेको छ।

तत्काल उक्त दाबीको पुष्टि गर्ने भरपर्दो माधइम नभेटिएको र युक्रेनबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

रूस र युक्रेनले करिब तीन वर्षअघि सुरु भएको द्वन्द्वमा एकअर्कामाथि सर्वसाधारणको हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

रूसी सेनामाथि किएभ नजिकैको बुचा सहरमा सयौं सर्वसाधारणको हत्या गरेको आरोप लागेको छ ।

एएफपीका फोटो पत्रकारले मारिएका युक्रेनी नागरिकहरूको शवको फोटो खिचेका छन् जसमा केही हात बाँधिएको अवस्थामा छन्।

मस्कोले उक्त आरोपको खण्डन गर्दै किएभमाथि उक्त फुटेज बनाएर षड्यन्त्रको मञ्चन गरेको आरोप लगाएको छ ।

एएफपीलगायत केही स्वतन्त्र तथ्य जाँच गर्ने संस्था र सञ्चारमाध्यमले रूसको उक्त दाबीको खण्डन गरेका छन् ।

-रासस/एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?