+
+

हामीले सांकेतिक विरोध मात्रै गरेका हौं : रास्वपा

रास्वपाको अवरोधका बीच सभामुख देवराज घिमिरेले संसद् बैठक चलाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १४:३७

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांकेतिक विरोधस्वरूप आफूहरूले संसद् बैठक बहिष्कार गरेको बताएको छ । प्रतिनिधिसभा बैठकको सुरुमै आफूहरूले बोल्न पाउनुपर्ने माग राख्दै रास्वपाका सांसदहरूले १५ मिनेटका लागि बैठक अवरोध गरेका थिए ।

१५ मिनेटपछि रास्वपा सांसदहरू बैठकमा फर्किएका छन् ।

‘हामीले हाम्रा केही कुरा संसद्मा राख्न चाहेका थियौं । संसद्को अधिवेशन पहिलोचोटी सुरु हुँदैगर्दा हाम्रा केही विशेष कुरा छन्,’ बैठक अवरोध गर्न पर्नुका कारणहरूबारे चर्चा गर्दै रास्वपा सांसद सोविता गौतमले भनिन्, ‘जो सभामुखसँग राख्न चाहन्छौं भनेर सभामुखसँग माग गरेका थियौं । उहाँले समय दिनुभएन । त्यसको विरोधस्वरुप हामी १५ मिनेट सदन बहिष्कार गरेर सदनबाट निस्किएका थियौं ।’

उनले सांकेतिक विरोधका रूपमा यसलाई लिनुपर्ने बताइन् । ‘यो सांकेतिक विरोध मात्रै हो । हामीले सांकेतिक विरोधस्वरूप बहिष्कार गर्‍यौं,’ उनले भनिन् ।

रास्वपाको अवरोधका बीच सभामुख देवराज घिमिरेले संसद् बैठक चलाएका थिए ।

बैठकमा अहिले प्रधानमन्त्री सहितका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । रास्वपाका तर्फबाट सांसद स्वर्णिम वाग्लेले सम्बोधन गदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?