+
+

देउवाले भने : सरकारको मूल्यांकन गर्न ६ महिना पर्याप्त छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १४:४६

१८ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार सकारात्मक रुपमा अघि बढेको दाबी गरेका छन् ।

शुक्रबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘सरकार सकारात्मक रुपले अघि बढेको छ । आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले भने, ‘कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त हुँदैन । सरकारले यो अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभव र अनुभूति गरेको छु ।’

साथै, उनले नेकपा एमाले र कांग्रेसबीच भएका ७ बुँदे कार्यान्वयन हुनेमा आफू विश्वस्त भएको पनि बताए ।

‘सहमति कार्यान्वयन हुनेछ । अन्य राजनीतिक दलको पनि निरन्तर सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?