१८ माघ, काठमाडौं । नेपाली युवा फुटबल टोली र चीनको युनान युवा टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि ४५ जना खेलाडीहरू प्रशिक्षणमा बोलाइएका छन् ।
प्रशिक्षक राजेश शाहीले ४५ जना खेलाडीहरूलाई प्रारम्भिक रूपमा क्लोज क्याम्पमा बोलाएका हुन् । नेपाली टोलीले चीनको युनान युवा टोलीसँग आगामी फेब्रुअरी १५ मा मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
एन्फा र नेपालस्थित चिनियाँ दुतावासको सहकार्यमा मैत्रीपुर्ण खेलको आयोजना हुन लागेको हो ।
यसअघि आजै अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली युवा टोलीको प्रशिक्षक नियुक्त गरेको थियो ।
खेलाडीहरू : अमित टमाटा, जियारथ शेख, कृषाल मोक्तान, विशाल केसी, रुबियोन बोगटी, आयुष तिमिल्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सेमन्त थापा, दीपक थापा मगर, अविनाश स्याङ्तान, लछु थापा, सरोज दर्लामी, प्रशान्त लक्सम, अनिल भोम्जन, धनसिंह विक, धर्मेन्द्र कुँवर, न्यामा वाङ्गेल तामाङ, निरोज कार्की, समिर तामाङ, निराजन धामी, गौरव महर्जन, निनसाङ लिम्बु, जंगप्रकाश बम, युनिश बुढाथोकी, सोहन स्याङ्तान, सन्तोष गंगुवा, विज्ञान खड्का, सुजत डंगोल, निशान राज लावत, विजय उराव, रोमन श्रेष्ठ, कृष्णबहादुर आले, सविनकुमार लुंगेली, विक्रम गौतम, प्रशान्त मोक्तान, रोशन तामाङ, श्रेजन दानी, रोहन खड्गी, निरज चौधरी, मिरक लिङ्देन, माइकल थापा
प्रतिक्रिया 4