
१८ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम अघि चालेको खण्डमा आफू पनि सोही खाल्डोमा पर्नसक्ने अवस्था बुझ्न आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीले आजकै सम्बोधनमा पार्टी फुटाउने प्राथमिकतामा आफ्नो नरहेको बताएको उल्लेख गर्दै आफू पनि खाल्डोमा पर्नसक्ने बुझ्न आग्रह गरे ।
‘प्रधानमन्त्रीज्यूले पार्टी टुक्र्याउने प्राथमिकता छैन भनेर खबर गर्नुभएको छ । कुनै पार्टी टुक्र्याउन भनेर केही कुरा अगाडि ल्याइयो भने,’ उनले भने, ‘कसैलाई खाल्डोमा हालेर दैलोमा खाल्डो खनियो भने त्यो खाल्डोभित्र आफैं पनि एकदिन परिन्छ भनेर जान्न जरुरी छ । यति कुरा हेक्का राखे हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4