+

टाइगर कप भलिबल : भारतीय क्लबलाई हराउँदै गण्डकी दोस्रो क्‍वालिफायरमा

२०८१ माघ  १८ गते १७:०६ २०८१ माघ १८ गते १७:०६
टाइगर कप भलिबल : भारतीय क्लबलाई हराउँदै गण्डकी दोस्रो क्‍वालिफायरमा

१८ माघ, काठमाडौं । एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबविरूद्ध पुनरागमन जित निकाल्दै गण्डकी प्रदेश पोखरामा जारी पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरूषतर्फ दोस्रो क्‍वालिफायरमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको एलिमिनेटर खेलमा गण्डकीले सुनिल भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । पहिलो सेट गुमाएपनि गण्डकीले पुनरागमन गर्दै त्यसपछि तीन सेट लगातार जितेको हो ।

निकै प्रतिस्पर्धात्मक पहिलो सेट सुनिल भलिबल क्लबले ३३–३१ ले आफ्नो पक्षमा थियो । गण्डकीले १६–११ को अग्रतालाई जोगाउन नसक्दा पहिलो सेट गुमाएको थियो ।

त्यसपछि भने गण्डकीले उत्कृष्ट पुनरागमन गर्न सफल भयो । गण्डकीले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्यायो । यस्तै तेस्रो सेट २५–१६ र चौथो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पार्दै गण्डकीले खेल जितेको हो ।

गण्डकीले अब फाइनल प्रवेशका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग दोस्रो क्‍वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । शुक्रबारै भएको पहिलो क्‍वालिफायरमा आर्मी नेपाल पुलिस क्लबसँग ३–२ सेटले पराजित भएको थियो ।

यसअघि शुक्रबार विहान भएको खेलमा महिलातर्फको क्‍वालिफायर वानमा आयोजक टाइगर ग्रुप पोखरालाई पराजित गर्दै विभागीय टोली नेपाल एपीएफ क्लब फाइलनमा प्रवेश गरेको छ ।

महिलातर्फ अब दोस्रो क्‍वालिफायरमा आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय