+

डीएभी क्रिकेट एकेडेमीले जित्यो टिपटप इन्डो-नेपाल क्रिकेटको उपाधि

२०८१ माघ  १८ गते १८:५४ २०८१ माघ १८ गते १८:५४
डीएभी क्रिकेट एकेडेमीले जित्यो टिपटप इन्डो-नेपाल क्रिकेटको उपाधि

१८ माघ, काठमाडौं । टिप टप इन्डो नेपाल एकेडेमी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि टिपटप डीएभी क्रिकेट एकेडेमीले जितेको छ।

मुलपानी ( तल्लो ) मैदानमा सम्पन्न फाइनलमा टिपटप डीएभी क्रिकेट एकेडमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ३४ रनले पराजित गर्यो।

१४० रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन क्रिकेट एकेडेमीले १९ ओभरमा १०५ रनमा सबै विकेट गुमायो।

ग्रेट हिमालयका सुप्रिम सुनारले सर्वाधिक ६१ रन बनाएपनि जितका लागि पर्याप्त भएन । उनले ४९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अभि थपलियाले ११ तथा प्रवल श्रेष्ठले १० रन बनाए।

डीएभीको बलिङमा प्रसिद्ध जैसीले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चिए। केशव अग्रवाल र तनिश्क कुमार शाहले समान २ विकेट लिए। कमल शाही र प्रसंग पौडेलले १/१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको टिपटप डीएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो।

डीएभीको ब्याटिङमा ओपनर श्रेयश अग्रवालले सर्वाधिक ३९ रन बनाए। प्रसंग पौडेलले ३३, प्रसिद्ध जैसीले ३१ रन बनाए। कमल शाहीले अविजित १३ रन तथा कप्तान आरुष झाले ११ रन योगदान दिए।

ग्रेट हिमालयको बलिङमा वंश क्षेत्री र सामिप्य सापकोटाले समान २ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका डीएभीका प्रसिद्ध जैसी फाइनलको प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृस्ट ब्याटर ग्रेट हिमालय क्रिकेट एकेडेमीका वंश क्षेत्री घोषित भए। उत्कृष्ट बलर ग्रेट हिमालय क्रिकेट एकेडेमीका सामिप्य सापकोटा तथा उदयमान खेलाडी अभिषेक कडायत घोशिती भए। यस्तै उत्कृष्ट विकेटकिपर बोलपुर युथ टाउन क्लब, बङ्गाल भारतका अत्रिजो रोय घोषित भए।

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार प्रदान गरेका थिए ।

डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा माघ १६ गते देखि सुरु भएको प्रतियोगितामा कुल ६ टिम सहभागी रहेका थिए। टिपटपको मुख्य प्रायोजन रहेको प्रतियोगितामा १६ वर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाए।

टिप टप इन्डो नेपाल टी-२० क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय