+
+

चन्द्रागिरिमा प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ बिक्रीमा रोक 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १७:५४

१८ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थहरू खैनी, गुट्खा, पान पराग लगायत बिक्रीमा रोक लगाएको छ ।

नगरपालिकाले एक सूचना प्रकाशित गर्दै मुखमा राख्ने, रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको जनाएको हो ।

‘पहिलो चरणमा प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थहरू र सार्वजनिक स्थानमा धुम्रपानलाई चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र बिक्री वितरण पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ,’ सूचनामा भनिएको छ ।

सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा नगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने सूचनामा छ ।

नगरपालिका क्षेत्रभित्र मदिरा, सुर्तीजन्य पदार्थहरू बिक्री वितरण, उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएको भन्दै प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको सेवनका कारण प्रदूषित हुने, ढल जाम हुने, फोहरमैला समेत बढेको नगरपालिकाको भनाइ छ ।

यस अघि काठमाडौं महानगरपालिकाले पनि यस्तै सूचना जारी गरेर कार्यान्वयन गर्न थालेको छ ।

यस्तो छ सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?