+
+

नेपाल पानी उद्योग महासंघको नेतृत्व घोषणा, लिम्बुको नेतृत्वमा बन्यो समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १८:२८

१८ माघ, काठमाडौं । देशैभरका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने उद्योगीहरूको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघको घोषणा भएको छ । उद्योगीहरूले हेटौंडामा पहिलो भेला गर्दै महासंघको घोषणा गरेका हुन् । उक्त भेलाले विक्रम लिम्बु चेमजोङको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।

देशभरका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरी बजारमा पठाउने उद्योगहरूको छाता संगठनका रुपमा महासंघको गठन गर्न गत पुष २६ र २७ गते काठमाडौंमा बसेको उद्योगीहरूको भेलाले१७ माघमा हेटौंडामा भेला राख्ने निर्णय गरेको थियो । सोहीअनुसार बिहीबारको भेलाले विक्रम लिम्बु चेमजोङको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेको हो ।

जस अनुसार तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा भरत बुदाथोकी, उपाध्यक्षहरुमा रबिन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, बिक्रम मण्डल रहेका छन् ।

त्यस्तै, महासंघको महासचिवमा ध्रुव प्रसाद अधिकारी चयन भएका छन् । समितिको उपमहासचिवमा रेसा श्रेष्ठ, कोषाध्यक्षमा देव नारायण चौलागाईं चयन भएको महासचिव अधिकारीले जानकारी दिए ।

भेलाले तदर्थ समितिको सदस्य सहदेब बोलखे, ज्ञानहरी लामा, अनिल आचार्य, टक बहादुर सारु, विष्णु हमाल, पदम राउत, शौरभ मारु, कृष्ण आचार्य, नारायण गिरी, शाहिल शाह, रक्की लामा र उपेन्द्र कुमार खड्का सर्बसम्मत चयन गरेको छ ।

७ सय पानी उद्योग, १५ अर्ब लगानी

तदर्थ समितिका महासचिव अधिकारीले नेपालमा पछिल्लो समय प्रशोधित पिउने पानीको निकै माग हुन थालेपछि उद्योगहरू बढेकोले संगठित भएको बताए ।

‘देशभरमा झण्डै ७ सय भन्दा बढि पानी उत्पादन गर्ने उद्योग छन् । पानी उद्योगमा १५ अर्ब भन्दा बढि लगानी छन । यहाँबाट २२ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन्,’ महासचिव धु्रव अधिकारीले भने ।

उनका अनुसार पानी उद्योगको रोजगारीमा जोडिएका परिवारबाट ६६ हजारले रोजगारमा प्रत्यक्ष लाभ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?