+
+

‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाका विजेता घोषणा, पाए आइफोन सिक्सटिन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते २०:०५

काठमाडौं । विदेशबाट नेपालमा रहेका आफन्तलाई आईएमई मार्फत रकम पठाउने तीन जना भाग्यशाली विजेताले आइफोन सिक्सटिन प्राप्त गरेका छन् ।

आइफोन सिक्सटिन प्राप्त गर्नेमा रुमानियाबाट ज्ञानेन्द्रप्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगर रहेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच आईएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत विजेता घोषणा गरेकी हुन् ।

‘आईएमई गरौं, उद्यमी बनौं’  योजनाको पहिलो चरणको मासिक उपहार अन्तर्गत असोज, कात्तिक र मंसिर महिनाको विजेता छनोट गरिएको हो ।

यो योजनामा आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये  थप ‍३ जनाले  उद्यमशील बन्न सहयोग पुग्ने गरी  दोस्त पिक अप ट्रक जित्न  सक्नेछन् ।

दोस्रो चरणको योजना अन्तर्गत  २०८१ पुसदेखि  २०८२ साउनसम्म जारी रहने र यस योजनामा  पनि तीन जना  भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् ।

आईएमई गरी आईएमई पे वालेट,बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा  रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।

आईएमईले  वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन  उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो  ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन र  सो रकम  उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?