+

‘थ्रीलर’ फाइनलमा काठमान्डुलाई हराउँदै जनकपुर बन्यो एनकेएल च्याम्पियन

२०८१ माघ  १८ गते २०:१४ २०८१ माघ १८ गते २०:१४
‘थ्रीलर’ फाइनलमा काठमान्डुलाई हराउँदै जनकपुर बन्यो एनकेएल च्याम्पियन

१८ माघ, काठमाडौं । जनकपुर नाइट्सले पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जितेको छ ।  शुक्रबार भएको रोमाञ्चक फाइनलमा काठमान्डु माभरिक्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा काठमान्डुलाई ४५-४१ ले हराएर जनकपुर च्याम्पियन बनेको हो ।

अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा जनकपुरले अन्तिम मिनेटमा शानदार पुनरागन गरेको थियो । पहिलो हाफमा २५-१९ ले पछि परेको काठमान्डुले दोस्रो हाफमा पुनरागमन गर्दै २२-२० को अग्रता बनाएपनि जितसम्म पुग्न सकेन । एक समय काठमान्डुले पुनरागमन गर्दै ३४-३४ को बराबरी गरेको थियो ।

त्यसपछि ४१-३७ को अग्रता बनाउँदै जित नजिक पुगेपनि काठमान्डुले अग्रतालाई होल्ड गर्न सकेन । जनकपुरले प्रतियोगिताभर अपराजित लयलाई कायम राख्दै फाइनलमा पनि निरन्तरता दिएर उपाधि जित्न सफल भएको हो । काठमान्डुका मार्की तथा कप्तान घनश्याम रोकामगरलाई रोक्ने रणनितिमा जनकपुर सफल भयो ।

उपाधि विजेता जनकपुरले ५ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता काठमान्डुले २ लाख प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय