+
+

हमासले छाडेका ३ जनामा परेनन् विपिन जोशी

इजरायलले ९० प्यालेस्टाइनीलाई गर्‍यो मुक्त

हमासको कब्जाबाट मुक्त हुनेहरूमा ५४ वर्षीय ओपर काल्डेरोन, ६५ वर्षीय केइथ सिगेल र ३५ वर्षीय यार्डेन विवश रहेका छन् । उनीहरूलाई हमासले गाँजा क्षेत्रमा ल्याएर मुक्त गरेका हुन् । तर, नेपालका विपिन जोशी परेका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते २१:५९

१८ माघ, काठमाडौं। हमासले शुक्रबार ३ जना इजरायली नागरिकलाई मुक्त गरेको छ, जसमा नेपालका विपिन जोशी परेका छैनन् ।

अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।

द टाइम्स अफ इजरायलका अनुसार हमासको कब्जाबाट मुक्त हुनेहरूमा ५४ वर्षीय ओपर काल्डेरोन, ६५ वर्षीय केइथ सिगेल र ३५ वर्षीय यार्डेन विवश रहेका छन् । उनीहरूलाई हमासले गाँजा क्षेत्रमा ल्याएर मुक्त गरेका हुन् ।

हमासको कब्जाबाट मुक्त भएपछि इजरायल सरकारले उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ ।

उत्तरी क्यारोलिना मूलका सिगेलसँग इजरायली र अमेरिकी दुवै देशको नागरिकता छ । उनलाई सन् २०२३ को अक्टोबर ७मा दक्षिणी इजरायलबाट हमासले पत्नीसँगै बन्धक बनाएको थियो ।

यस्तै काल्डेरोनलाई भने किबुट्ज नीर ओजबाट उनका दुई सन्तानसहित हमासले अपरण गरेको थियो । जसलाई अघिल्लो युद्धविराममा मुक्त गरिएको थियो।

यसैगरी विबास, उनकी श्रीमती शिरी र छोराछोरी एरियल र केफिरलाई किबुट्ज नीर ओजबाटै अपहरण गरिएको थियो। त्यतिबेला उनका छोरा केफिर १० महिनाका थिए भने छोरी ४ वर्षकी थिइन् । यार्डेन अपहरणको क्रममा घाइते भएका थिए भने गाजा क्षेत्रबाटै उनकी पत्नी र छोराछोरीलाई अलगै तरिकाबाट अपहरण गरिएको थियो ।

यता, इजरायलले जेलमा रहेका ९० जना प्यालेस्टाइनी नागरिकलाई छाडेको छ भने हमासले ३ जना इजरायली नागकरिकलाई बन्धकलाई मुक्त गरेको छ ।

अलजजिराका अनुसार इजरायलले ९ जना प्यालेस्टाइनी र ८१ जना अरू गरे ९० जनालाई जेलबाट मुक्त गरेको हो।

यस्तै हमास समूहले पनि बन्धक बनाइएका ३ जना इजरायली नागरिकलाई गाँजा क्षेत्रमा ल्याएर छाडेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि हिजो बिहीबार हमासले बन्धक बनाइएका ३ इजराइली र ५ थाइ नागरिकसहित ८ जनालाई मुक्त गरेको थियो जसमा इजराइली नागरिकहरू २९ वर्षीया अर्वेल यहुद र ८० वर्षीय गादी मोसे मोजेस रहेका थिए ।

यसका साथै ५ जना थाइ मजदुरहरूलाई पनि हमासले मुक्त गरेको थियो जो दक्षिण इजरायलमा मजदुरी गरिरहेका बेला हमासको फन्दामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?