+
+
Shares

नेपालको प्रकोप जोखिम व्यवस्थापनबारे छलफल, स्थानीय तहलाई सक्षम बनाउनुपर्नेमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १३:४५

१७ पुस, काठमाडौं । नेपालको नेपालको प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआरएम) बारे बृहत् छलफल भएको छ ।

नेपाल बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपको बढी जोखिममा रहेको मुलुक भएकाले जोखिम व्यवस्थापन सधैं महत्त्वपूर्ण विषय बन्दै आएको छ ।

जोखिम न्यूनीकरणका लागि सरकारका विद्यमान नीति, कार्यनीति, पूर्वतयारी र प्रतिकार्यको अवस्था कस्तो छ भन्नेबारे विज्ञहरूबीच छलफल गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्म भुसाल, प्रकोप व्यवस्थापन अध्ययन केन्द्रका कार्यकारी निर्देशक शक्ति गुरुङ र विपद् अध्ययन्न केन्द्र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका निर्देशक वसन्तराज अधिकारी सहभागी थिए ।

छलफलमा संस्थानका निर्देशक अधिकारीले अहिले प्रकोपहरू विपद्मा परिणत हुन थालेको बताए । नेपाल विपद्को अध्ययन, पूर्वतयारी र व्यवस्थापनका हिसाबले भर्खरै बामे सर्दै गरेको अवस्थामा रहेको भन्दै उनले यसमा धेरै काम गर्न बाँकी रहेको बताए ।

कार्यक्रमका अर्का वक्ता गुरुङले विद् जोखिम न्यूनीकरणमा समुदाय र स्थानीय तहको बढी भूमिका हुने भएकाले तीन निकायलाई बढी सक्षम बनाइनुपर्ने बताइन् । यसका लागि अन्तर तहका सरकार र सम्बद्ध निकायहरूबीच समन्वय र सहकार्य हुनुपर्ने उनले औंल्याइन् । साथै क्षमता, शीप, वित्तीय स्रोत लगायत आधारभूत कुराहरू हुनुपर्ने उनले बताइन् ।

प्राधिकरणका सहसचिव भुसालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नीति, रणनीति र कार्यविधि आएर कार्यान्वयनमा गएको बताए । यद्यपि त्यो पर्याप्त नरहेको उनको भनाइ छ ।

विपद्का आयाम बढ्दै गएकाले तिनको सम्बोधनका लागि पूर्वतयारी, प्रतिकार्य, राहत, पुनःस्थापना, पुनर्निर्माण जस्ता काका लागि छुट्टाछुट्टै निर्देशिका र व्यवस्था हुनुपर्ने उनले बताए ।

नेपालको वातावरणीय समस्या, चुनौती र समाधानका विषयवस्तुमा केन्द्रित विशेष कार्यक्रम ‘ग्रिड संवाद’ को सातौं अंकमा जल सरोकारका विषयबारे छलफल गरिएको हो । कार्यक्रम १६ पुस मंगलबार हिमालय टेलिभिजनबाट प्रसारण भएको थियो ।

‘नेपालको हरित, उत्थानशील र समावेशी विकासतर्फको मार्ग बुझ्न’ थिम रहेको कार्यक्रमका सबै सात अंक प्रसारण भएका छन् । कार्यक्रम हिमालय टेलिभिजनका साथै आधिकारिक फेसबुक पेज र युट्युबमार्फत पनि प्रसारण भएका छन् । कार्यक्रम प्रस्तोता पूर्व मिस नेपाल सुगरिका केसी हुन् ।

कार्यक्रममा जल–कृषि–वनको आपसी सम्बन्धबाट उचित लाभ प्राप्त गर्न भूपरिधि व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन, पूर्वतयारी र सामाजिक सुरक्षा, दिगो तथा समावेशी भूमि प्रशासन, दिगो र उत्थानशील सडक र यातायात, नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यताको प्रचुर मात्रामा उपयोग, हरित, उत्थानशील र समावेशी सहर, उत्थानशील खानेपानी तथा सरसफाइ, वायु गुणस्तर सुधार, प्लास्टिक सहित ठोस फोहोरमैलाको दिगो व्यवस्थापन लगायत विषयवस्तुमा विज्ञ, सरोकारवाला एवं सम्बद्ध निकायका प्रतिनिधिसँग बहस, पैरबी एवं विश्लेषण गरी निचोडमा पुग्ने प्रयास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?