+
+

कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए

भीमदत्त नगरपालिका-१८ मामाभान्जा चोक नजिकै कांग्रेस नगर सभापति अच्युत कलौनी मृत् भेटिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते १०:००

१९ माघ, धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।

भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।

कलौनीको शरीरमा बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । तालिम प्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?