+
+

गगन थापाको प्रश्न : मन्त्री हुने कांग्रेस, काम गर्दिने को ?

‘पद हामीले लिने अनि बाहिरको मान्छेले गाली गर्छ ठीक छ त,’ उनले प्रश्न गरे, ‘हामीले नै यो पनि भएन त्यो पनि भएन भन्ने ? गर्ने चाहिं कल्ले हो त ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते १२:४९

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका मन्त्री र जनप्रतिनिधिहरूलाई राम्रो अंकल ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।

आफैं सत्तामा भएर यो भएन, त्यो भएन भन्नु भन्दा काम गरेर राम्रो अंक ल्याउने उनले निर्देशन दिएका हुन् । शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले मौका आएको बेलामा काम गर्न निर्देशन दिएका हुन् । ‘पद हामीले लिने अनि बाहिरको मान्छेले गाली गर्छ ठीक छ त,’ उनले प्रश्न गरे, ‘हामीले नै यो पनि भएन त्यो पनि भएन भन्ने ? गर्ने चाहिं कल्ले हो त ?’

उनले कांग्रेसबाट संघमा प्रतिनिधित्व गर्ने मन्त्री तथा प्रदेशका मुख्यमन्त्रीको नामै किटान गरेर यो मौका भएकोले काम गरेर देखाउनु पर्ने बताएका हुन् । उनले मन्त्री र जनप्रतिनिधिहरुलाई ०८४ मा गरौंला भनेर नपर्खिन आग्रह गरे । ‘कांग्रेसले ०८४ मा गर्छु भन्ने होइन । अहिले मौका आएको छ अहिले गर्नुपर्छ’, उनले अघि भने, ‘०८४ मा त रिपोर्ड कार्ड लिएर जाने हो । यति गर्छौं भनेका थियौं, यति गर्‍यौ भन्ने हो । अनि पो नागरिकलाई भन्न सकिन्छ ।’

उनले अहिले संघीय सरकारमा बसेर कांग्रेसले बनाउने रिपोर्ट कार्डमा राम्रो अंक ल्याउने गरी काम गरिरहेको दाबी पनि गरे । अहिले काम गरेर ०८४ को चुनावमा जाने तयारी कांग्रेसको रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?