+
+

पर्सामा दुई महिलाको उद्धार, बेचबिखन आरोपमा चार पक्राउ

भारतीय सीमावर्ती क्षेत्रमा सञ्चालित होटलबाट दुई महिलालाई उद्धार गरेको प्रहरीले मानव बेचबिखनको आरोपमा चारजनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते १४:०४

१९ माघ, काठमाडौं । नेपाल–भारत सीमावर्ती क्षेत्रबाट प्रहरीले दुई महिलाको उद्धार गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ भन्सारनजिक सञ्चालित एक होटलबाट प्रहरीले दुई महिलालाई उद्धार गरेको हो ।

इनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले होटलमा खानतलास गरी ती महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी सुवास भट्टले जानकारी दिए ।

उनले होटलबाट चारजनालाई नियन्त्रणमा लिएको पनि बताए । उनीहरूलाई मानव बेचबिखनमा संलग्न रहेको आरोपमा मान बेचबिखन तथा ओसारपसार (नियन्त्रणं ऐन २०६४ बमोजिम कसूरमा अनुसन्धान अगाडि बढाइएको भट्टले जानकारी दिए ।

पक्राउ पर्नेमा तीन नेपाली तथा एक भारतीय नागरिक छन् । नेपाली नागरिकमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका– १४ घर भएकी ३८ वर्षीया मीराकुमारी महतो, महोत्तरी भंगहा नगरपालिका– २ की ३२ वर्षीया सुक्रान्ति चौधरी र ओखलढुंगा देयाले गाउँपालिका– ५ का ३३ वर्षीय दीपेश राई छन् । भारतीय नागरिकमा विहारका ३५ वर्षीय मनेजर राय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?