१९ माघ, काठमाडौं । मनीषा उपाध्यायले नेपालका लागि महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएकी छन् ।
काठमाडौंमा जारी महिला टी-२०आई शृंखलाअन्तर्गत शनिबार थाइल्याण्डसँगको खेलमा बाँयाहाते स्पीनर मनिषाले राष्ट्रिय टिमका लागि डेब्यू विकेट लिएकी हुन् ।
उनले थाई कप्तान नारुमोल चाइवाइलाई १३ रनमा रुबिना क्षेत्रीको हातबाट क्याच आउट गराइन् । बिहीबार डेब्यू गरेको भएपनि उनले बलिङ पाएकी थिइनन् ।
मनिषाले यसअघि यू-१९ टोलीबाट खेलेकी थिइन् । यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटसम्म खेलेकी मनिषा विश्वकप भने खेलिनन् ।
भर्खरै सम्पन्न महिला पीएम कप महिला राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशबाट खेलेकी मनिषा सर्वाधिक विकेट लिने खेलाडी समेत थिइन् ।
थाइल्याण्डले नेपालविरूद्ध १०२ रनको लक्ष्य पछ्याउँदै छ ।
प्रतिक्रिया 4