+
+

झापामा ६६ नयाँ कुष्ठरोगी, हात्तीपाइलेको संक्रमण उच्च

झापा जिल्लाका विभिन्न पालिकामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ बालबालिकासहित ६६ कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते १५:३२

१९ माघ, झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा यी नयाँ बिरामी फेला परेका हुन् ।

आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा एक सय २२ नयाँ कुष्ठरोगी फेला परेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।

कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक–एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच–पाँच नयाँ बिरामी फेला परेको दासले जानकारी दिए ।

यस्तै, झापा गाउँपालिका र बाह्रदशीमा दुई–दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेको पनि उनले बताए ।

हात्तीपाइले संक्रमण उच्च

जिल्लामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताए । जिल्लामा हाल हात्तीपाइले रोगीको संख्या करिब दुई हजार दुई सय रहेको उनले जानकारी दिएका छन् ।

प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ । प्रादेशिक अस्पताल भद्रपुरका डा. सुजन काफ्लेले आर्थिक वर्ष २०७९/८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको बताए ।

‘हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक दुई लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ’, उनले भने, ‘बिरामीलाई यातायात खर्च दिन्छौँ, तर रकम पर्याप्त हुँदैन । विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरू उपचार गराउन आउँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?