+

टाइगर कप भलिबल : आर्मीलाई पराजित गर्दै गण्डकी पुरूषतर्फ फाइनलमा

२०८१ माघ  १९ गते १६:३९ २०८१ माघ १९ गते १६:३९
टाइगर कप भलिबल : आर्मीलाई पराजित गर्दै गण्डकी पुरूषतर्फ फाइनलमा

१९ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरूषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको दोस्रो क्वालिफायरमा आर्मीलाई ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तर, तेस्रो र चौथोमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो ।

गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो । अब गण्डकीले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेस्रो बनेको आर्मीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछ ।

यसअघि आजै भएको महिलातर्फको दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोर्ट्सलाई ३–१ को सेटले पराजित गर्दै आयोजक टोली फाइलनमा पुगेको थियो ।

आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग खेल्नेछ ।

टाइगर कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय