+
+

सिरियामा बन्दुकधारीबाट १० गाउँलेको हत्या

मारिनेहरूमा अधिकांश पूर्वअफिसर र सिपाहीहरू रहेको सिरियाली अखबारहरूले जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते १६:४३

१९, माघ, लेबनान । बन्दुकधारीहरूले सिरियाको अलावाइट गाउँका १० जनालाई गोली हानेर हत्या गरेका छन् । मारिनेहरूमा पूर्वअफिसर र सिपाहीहरू थिए ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँमा घटना भएको जनाएको छ ।

‘गाउँका १० जना मानिसको गोली हानेर हत्या गरेपछि बन्दुकधारीहरू भागेको सूचना प्राप्त भएको छ,’ अब्जर्भेटरीका प्रमुख रामी अब्देल रहमानले बताए । उनले बन्दुकधारीहरू सुन्नी मुस्लिमहरू रहेको पनि बताए ।

सिरियाली अखबार अल–वतानले घटनापछि बन्दुकधारीहरूको खोजीका लागि सुरक्षा बलहरूले अर्जाह क्षेत्रलाई घेराहालेको जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?