+
+

समस्या तत्काल समाधान गर्न अध्यादेश ल्याइएको हो : पोखरेल

अध्यादेश पास भएपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुशासनको काम द्रुत गतिमा अगाडि बढ्ने एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते १७:०४

१९, माघ, चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन् । सरकार टिकाउनका लागि नभई जनतालाई सेवा प्रवाहमा सहज बनाउन र लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको उनको भनाइ छ ।

नेकपा एमालेको रत्ननगर नगर कमिटीको १०औं नगर अधिवेशन उद्घाटन गर्दै नेता पोखरेलले सुकुमबासीलाई लालपूर्जा वितरण, विकास निर्माण र भष्टाचार नियन्त्रणको लागि सरकारले अध्यादेश जारी गरेको स्पष्ट पारे । उनले वर्षौंदेखि जकडिएको सुकुम्बासी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

अध्यादेश पास भएपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुशासनको काम द्रुत गतिमा अगाडि बढ्ने उनको दावी थियो । अध्यादेश पास भएपछि कानुन निर्माण हुने र त्यसपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुसासनको काम द्रुत गतिमा अगाडि बढ्ने पनि पोखरेलले बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले राजनीतिक स्थायित्वका लागि काँग्रेस र एमालेको सहकार्य भएको स्पष्ट पारे । मुलुक अफ्ठयारोमा पर्दा काँग्रेस र कम्युनिष्टहरू मिल्ले गरेको चर्चा गरेका पोखरेलले २०८४ को निर्वाचनमा भने दुई दल बीच प्रतिस्पर्धा हुने बताए ।

३०० प्रतिनिधि सहभागी अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नगर कमिटी चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?