+

इंग्लिस प्रशिक्षक ग्रेसन ललितपुर सिटी एफसीको प्रशिक्षक नियुक्त

२०८१ माघ  १९ गते १८:२४ २०८१ माघ १९ गते १८:२४
इंग्लिस प्रशिक्षक ग्रेसन ललितपुर सिटी एफसीको प्रशिक्षक नियुक्त

१९ माघ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता टोली ललितपुर सिटी एफसीले इंग्लिस प्रशिक्षक साइमन ग्रेसनलाई नयाँ सिजनको लिगका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ ।

साविक विजेता ललितपुरले इंग्लिस फुटबलमा अनुभवी यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकलाई भित्र्याएको हो । एनएसएलको तेस्रो सिजनका लागि ग्रेसनलाई प्रशिक्षकमा नियुक्त गरिएको ललितपुर सिटी एफसीले जनाएको छ ।

ग्रेसनले लिड्स युनाइटेडलाई इंग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराएका थिए । उनले लिड्ससहित हर्डसफिल्ड र प्रेस्टन नर्थलाई समेत प्रशिक्षकको रुपमा च्याम्पियनसिपमा उकालेका थिए ।

सन् १९९६ को इङ्लिस लिग कप विजेता साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए ।

ग्रेसनले पछिल्लो पटक छिमेकी भारतमा इन्डियन सुपर लिग (आईएसएल) टोली बेंगलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा बेंगलुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो ।

इंग्लिस फुटबलका अनुभवी प्रशिक्षकको आगमनले क्लबसँगै नेपाली फुटबलले धेरै सिक्न पाउने ललितपुर सिटी एफसीले जनाएको छ । साविक विजेता ललितपुरले मुख्य प्रशिक्षकको अनुबन्धनसँगै नयाँ सिजनको तयारी थालेको छ। एनएसएलको तेस्रो सिजन चैत १६ गतेदेखि सुरु हुने तालिका छ ।

ग्रेसनको कोचिङ करियर

खेलाडी छँदा बलियो डिफेण्डरको रुपमा रहेका ग्रेसनले फुटबलरको रूपमा आफ्नो करियर सकिएपछि तत्काल व्यवस्थापनमा लागेका थिए । जहाँ उनले इंग्ल्याण्डका विभिन्न क्लबहरुको प्रशिक्षण सम्हाले ।

यी इंग्लिस प्रशिक्षकले लिड्स युनाइटेडबाट खेलाडी करियर सुरु गरेका उनले सन् २००६ मा ब्ल्याकपूलबाट खेलाडी करियर सकाएका थिए । सन् २००३-०४ मा उनले ब्ल्याकपुलला२ लिग वान बाट च्याम्पियनसिपमा पुर्‍याउन मदत गरेका थिए ।

त्यसपछि उनी लिड्स युनाइटेड गए र प्रेस्टन नर्थ एन्ड, सन्डरल्याण्ड, हडर्सफिल्ड टाउन र ब्राडफोर्ड सिटी जस्ता क्लबहरूलाई प्रशिक्षण दिए ।

आफ्नो करियरमा ग्रेसनले पाँच पटक लिग वानमा म्यानेजर अफ दि मन्थको अवार्ड जितेका थिए भने च्याम्पियनशिपमा पनि म्यानेजर अफ दि मन्थ अवार्ड जितेका थिए ।

उनले सन् २०२२ मा बेंगलुरु एफसी सम्हाल्नुअघि इंग्लिस फुटबलमा ७०० भन्दा बढी खेलहरूको प्रशिक्षण सम्हालिसकेका थिए ।

नेपाल सुपर लिग ललितपुर सिटी एफसी साइमन ग्रेसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय