२० माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले हार व्यहोरेको छ । रियललाई इस्पान्योलले १-० ले हराएको हो ।
इस्पान्योलको जितमा ८५औं मिनेटमा कार्लोस रोमेरोले गरेको गोल नै निर्णायक बन्यो । रियलले २० भन्दा धेरै अवसरहरू बनाएपनि सदुपयोग भने गर्न सकेन ।
हारका बाबजुद रियल २२ खेलबाट ४९ अंकसहित शीर्ष स्थानमा यथावत् छ । इस्पान्योल १७औं स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले मालोर्कालाई २-० ले हराएको छ । एट्लेटिकोको जितमा सामुयल लिनो र एन्टोइन ग्रिजमानले १-१ गोल गरे ।
लिनोले २५औं मिनेटमा तथा ग्रिजमानले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । जितसँगए एट्लेटिको २२ खेलबाट ४८ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4