
२० माघ, काठमाडौं । नेपाल हज समितिले हज यात्राका आवेदकलाई दोस्रो किस्तावापतको रकम बुझाउन समयावधि तोकेको छ ।
हज यात्राका लागि लाग्ने जम्मा खर्च प्रतिव्यक्ति तीन लाख ७० हजारमध्ये बाँकी रहेको तीन लाख २० हजार रुपैयाँ भुक्तानी गर्न समितिले सूचना प्रकाशित गरेको छ ।
प्रकाशित सूचना अनुसार दोस्रो किस्तावापतको रुपैयाँ यही माघ २९ गतेसम्म बुझाइसक्नुपर्ने छ । हस समितिको वाणिज्य बैंकको खातामा रकम जम्मा गरी निवेदन दिएको प्रशासन कार्यालयमा भौचर बुझाउन भनिएको छ ।
नेपालबाट हरेक वर्ष हज यात्राका लागि मुस्लिम धर्मावलम्बीहरु साउदी अरब जाने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4