+
+

बालाजु बाइपासमा एक जना मृत भेटिए

मृत्युको कारण जान्न प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते ८:१६
अस्पतालमा राखिएको शव । फाइल फोटो

२० माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।

प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, हालसम्म मृतकको सनाखत भएको छैन । यद्यपि, उनको राहदानी नम्बर फेला परेकाले आइतबारसम्ममा थप विवरण खुल्ने उनले बताए ।

उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीले आसपासको क्लोज सर्किट (सीसी) टिभी समेत हेरेको थियो ।

त्यसक्रममा उनी एक्लै आएर बसेको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको साथमा कालो झोला र बैशाखी समेत भेटिएको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण जान्न प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

दक्षिणकालीमा पनि एक व्यक्ति मृत फेला

यसैबीच काठमाडौंको दक्षिणकाली नगरपालिका–७, मन्दिर क्षेत्र सुधार समितिको परिसरमा पनि शुक्रबार एक जना व्यक्ति मृत फेला परेका थिए ।

मन्दिर परिसरमा पर्ने फाकु कुलोमा दक्षिणकाली–६, कोटाल बस्ने ३५ वर्षीय गणेश भनिने रमेश घिमिरे मृत फेला परेका हुन् ।

घिमिरे मृत्युबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । पोष्टमार्टम रिपोर्ट आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?