+
+

अपराध अनुसन्धान कार्यालय : एसएसपी बस्नेतको स्वागत, भट्टराईको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते ८:२८

२० माघ, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले सम्हालेका छन् ।

गृहमन्त्रीस्तरीय निर्णयबाट ११ माघमा सरुवा भएका बस्नेतले शुक्रबारदेखि कार्यालयमा जिम्मेवारी थालेका हुन् ।

बस्नेतले पहिले प्रहरी वृत्त दरबारमार्ग, काठमाडौं प्रहरीको मुद्दा शाखा लगायतमा रहेर काम गरिसकेका छन् । पछिल्लो समय उनी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् थिए ।

कार्यालयमा शुक्रबार बस्नेतको स्वागतसँगै सरुवा भएर जाने निवर्तमान प्रमुख सानुराम भट्टराईको विदाइ समेत गरिएको थियो ।

भट्टराईले ९ महिनाको अवधिमा आफूले उल्लेख्य काम गरेको बताउँदै नागरिक समाजबाट त्यसको मूल्यांकन हुने बताए । उनले भने, ‘मेरो कार्यकालभरि अपराध अनुसन्धानसँगै फरार अभियुक्तहरुलाई समात्ने अभियानलाई प्राथमिकता दिइएको थियो ।’

भट्टराईको प्रहरी प्रधान कार्यालय, अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा भएको छ । उनीसँगै काठमाडौंका निवर्तमान प्रमुख वसन्त रजौरेको पनि सरुवा भएको थियो । काठमाडौंमा केही दिनअघि नै एसएसपी विश्व अधिकारीले जिम्मेवारी सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?