+
+

अरुण पूर्वमा बन्दको प्रभाव सामान्य

पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दकाे प्रभाव बढी छ । दुवै सडकमा यात्रुबाहक बस चलेका छैनन् । ठूला चाेकहरूमा बन्दकर्ताहरु भेला भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते ९:११
इटहरी चोकमा भेला भएका बन्दकर्ता

२० माघ, विराटनगर । पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षले आह्वान गरेको बन्दको प्रभाव सामान्य परेको छ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दको पहिलो दिन सामान्य प्रभाव परेको हो ।

प्रहरीका अनुसार आइतबार बिहान राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् । कोशी प्रदेश प्रहरी प्रवक्ता भीम दाहालका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा छ । अन्य जिल्लामा भने बन्दको प्रभाव सामान्य  मात्र परेको उनले बताए । ‘केही ठाउँमा बन्दकर्ता सडकमा निस्किएका छन्,’ उनले भने,‘ यातायातका साधन केही चलेका छन् ।’

पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दकाे प्रभाव बढी छ । दुवै सडकमा यात्रुबाहक बस चलेका छैनन् । ठूला चाेकहरूमा बन्दकर्ताहरु भेला भएका छन् ।

केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै अरुणपूर्वका नौं जिल्ला (झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर) मा बन्दको आह्वान गरेको थियो ।

एकसाता अघि पाथिभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो । झडपमा २१ प्रहरीसहित २६ जना घाइते भएका थिए । झडपमा २ जनालाई प्रहरीले चलाएको गोली लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?