+
+

एनएलजी इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते ८:४३

२० माघ, काठमाडौं । यसअघि हकप्रद सेयर निष्कासनका क्रममा सम्पूर्ण रुपमा बिक्री नभएको एनएलजी इन्स्योरेन्सको सेयर लिलामी बिक्रीमा आवेदन खुलेको छ ।

आइतबारदेखि माघ २७ गतेसम्म इच्छुकले लिलामी सेयरका लागि बोलकबोल आवेदन दिन सक्नेछन् । कम्पनीको कुल २ लाख ९० हजार ५५५ कित्ता सर्वसाधारण समूहको सेयर र २९ हजार ९७७ कित्ता संस्थापक समूहको सेयर लिलामी बिक्रीमा आएको हो ।

एनएलजीका कार्यालयहरू बिराटनगर, विरगन्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढीबाट फारम लिन र आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक सूचनामार्फत जनाएको छ ।

काठमाडौंमा क्यापिटलको कमलपोखरी शाखाबाट आवेदन दिन सकिनेछ । संस्थापक समूहको सेयरमा कम्तीमा १ हजार र सर्वसाधारण समूहकोमा कम्तीमा १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । गत साता बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८९ रुपैयाँ छ ।

यसअघि कम्पनीले मंसिर ११ देखि हकप्रद सेयरमा आवेदन खुलाएको थियो । तोकिएको चुक्ता पूँजी पुर्‍याउनका लागि १० सेयर बराबर ६.२५६ को दरमा कम्पनीले हकप्रद सेयर निष्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?