+
+

फागुन ८ देखि नेको इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १०:१७

२० माघ, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले तोकिएको चुक्ता पूँजी साढे २ अर्ब पुर्‍याउनका लागि २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । ४ बराबर १ को दरमा हकवालाले आवेदन दिन सक्नेछन् ।

हाल २ अर्ब १ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि ५० करोड ३० लाख रुपैयाँ थप हुनेछ । फागुन २८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।

कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए प्लस रेटिङ पाएको छ । माघ १५ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले आवेदन दिन सक्नेछन् । अनलाइनप्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ९३८ रुपैयाँ ९० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?