२० माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ ।
कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । डच कप्तान बाबेट डे लिडेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।
नेपालले अघिल्लो खेलबाट एक परिवर्तन गरेको छ । चोटका कारण कविता कुँवर बाहिर छिन्। उनको स्थानमा रेवती धामीले डेब्यू गर्ने छिन् ।
रेवतीले भर्खरै सम्पन्न पीएम कप महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशबाट खेलेकी थिइन् ।
प्रतिक्रिया 4