+
+

‘एक्टर : टेक वन’लाई पाइरेसीको मार, क्लाइमेक्स दृश्य समेत टिकटकमा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १२:२६

काठमाडौं । प्रदीप खड्का र राजवल्लभ कोइराला स्टारर ‘एक्टर : टेक वन’ले हलमा सुखद कमाइ गरिरहेको छ । प्रिमियरको बेलादेखि नै यसले दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

रिलिजअघि कानूनी अवरोध खेपेको यो फिल्म बल्लतल्ल शुक्रबार रिलिज हुनसक्यो । ३०० भन्दा धेरै शोसहित प्रदर्शन भैरहेको फिल्मलाई यतिबेला पाइरेसीको अर्को समस्या आइलागेको छ ।

क्लाइमेक्ससहित फिल्मका महत्वपूर्ण दृश्य भिडियो संजाल टिकटकमा अपलोड भैरहेका छन् । जसले गर्दा फिल्मलाई चुनौति बनिरहेको छ । फिल्मको महत्वपूर्ण दृश्य, संवाद र क्लाइमेक्स नै सार्वजनिक हुँदा यसले निर्मातालाई समस्या त हुने भयो, फिल्म हेर्न बाँकी दर्शकलाई समेत असजिलो हुने देखिएको छ ।

सार्वजनिक भएका त्यस्ता क्लिपको कमेन्टमा अन्य दर्शकले यसरी फिल्मको पाइरेसी नगर्न आग्रह गरिरहेका छन् । गत असोज १८ गते चलचित्र विकास बोर्डले फिल्म खिचेर सामाजिक संजालमा हाल्नेलाई कार्वाहीको चेतावनी दिएको थियो । तर, यसको कार्यान्वयन पक्ष भने फितलो देखिएको छ ।

बोर्डले सूचनामा फिल्मका मुख्य अंशहरुको अनाधिकृत दुरुपयोगबाट निर्माताको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मिहेनत डुब्न जाने अवस्था रहने बताएको थियो । अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानूनी रुपमा विभिन्न डिजिटल माध्यममा अपलोड गर्नु कानूनीरुपमा दण्डनिय अपराध रहेको बोर्डले बताएको थियो ।

त्यस्ता दृश्य अपलोड गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएको उपकरण जफत हुनुको साथै दण्ड, जरिवाना र क्षतिपूर्ति समेत गर्नुपर्ने तर्फ बोर्डले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?