
२० माघ, काठमाडौं । शुक्रबारकै मूल्यमा आइतबार सुनको कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ स्थिर राखेको हो । आइतबार पनि प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा सुनको कारोबार हुनेछ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला २३०० रुपैयाँ मूल्य बढेको थियो ।
चाँदीको मूल्य भने ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९१० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4