+
+

विद्यालय शिक्षा ऐन जारी गर्न सामाजिक सञ्जालबाट शिक्षकको दबाब

आइतबार शिक्षकहरूले सामाजिक सञ्जाल फेसबुकमा हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १२:४१

२० माघ, काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलन सुरु गरेको छ ।

आन्दोलन अन्तर्गत आइतबार शिक्षकहरूले सामाजिक सञ्जाल फेसबुकमा हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाएका छन् ।

अध्यादेशमार्फत सरकारले शिक्षकलाई पनि सेवामा आधारित पेन्सनमा समावेश गरेपछि शिक्षकहरू आन्दोलित भएका हुन् ।

शिक्षक सरुवा निर्देशिकाको पनि विरोध गर्दै आएका शिक्षकले सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्न आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलन अन्तर्गत पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्ने निर्णय महासंघले गरेको छ ।

३० माघमा पालिका कार्यालयमा कालो पट्टी बाँधेर खबरदारी जुलुस प्रदर्शन गर्ने लगायतका आन्दोलनको घोषणा महासंघले गरेको छ ।

१६ र १७ माघमा बसेको महासंघको बैठकले आन्दोलन घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?