+
+

राक्सिराङमा भीरबाट लडेर एक जनाको मृत्यु   

प्रहरीका अनुसार भीरबाट लडेर गम्भीर घाइते भएका पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ का ४२ वर्षीय राजकपुर चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १२:४९

२० माघ, बागमती । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

पैदल हिंडिरहेको अवस्थामा अचानक भीरबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सडक छेउमा रहेको भीरबाट ७० मिटर तल लडेर गम्भीर घाइते भएका चौधरीको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?