+
+

नक्कली नोटसहित एक भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १२:४९

२० माघ, काठमाडौं । नक्कली नोटसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेश कुमार सोनी छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरको २९ थान नक्कली नोटसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुकनाहा बजारकै किराना पसलमा मुकेश कुमारले सामान किनपछि नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?