+
+

काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा ३२ लाख बढीको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १२:५२
फाइल तस्वीर

२० माघ, काठमाडौं। काठमाडौंका दुई फरक ठाउँमा आगलागी हुँदा ३२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

बुढानीलकण्ठ नगरपालिका–८ माहांकालस्थित रामचन्द पराजुलीको जग्गा भाडा लिई जस्ताले बनाएको सटरहरूमा आगलागी भएको थियो ।

कपन बस्ने इश्वर गौतमको फर्निचर उद्योग, वीरेन्द्र साहको माछा पसल, रूद्र बस्नेतको क्याटरिङको सामान पसल, लिलाबहादुर तामाङको खाजा घर र अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा शनिबार राति आगालगी भएको थियो ।

आगलागीबाट २५ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–३२ कोटेश्वर रत्नमार्गस्थित सुरेश ढकालको घरमा पनि आगलागी भएको थियो ।

उक्त घरमा डेरा गरी बस्ने गोरखा नगरपालिका–१ घर भएका ३३ वर्षीय राम बहादुर थापाको कोठामा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको थियो ।

आगलागीबाट कोठामा रहेको सरसामान जलेर करिब ७ लाख ५५ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?