+
+

हवाई सेवा र उड्डयन प्राधिकरण सम्बन्धी छुट्टाछुट्टै विधेयक संसद्‌मा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १३:३८

२० माघ, काठमाडौं । संसद्‌मा हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएको छ ।

संघीय संसद् सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ आइतबार दर्ता भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुईवटै विधेयक संसद्‌मा दर्ता गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियामक र सेवा प्रदायक सम्बन्धी दुवै प्रकारका कार्यहरू सम्पादन हुँदै आइरहेकोमा त्यसलाई फरक बनाउनका लागि उक्त विधेयक ल्याइएको मन्त्री पाण्डेले विधेयक ल्याउनको उद्देश्यमा उल्लेख गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१

नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?