+

नेदरल्याण्ड्सविरूद्ध सीताले लिइन् पाँच विकेट

२०८१ माघ  २० गते १४:०३ २०८१ माघ २० गते १४:०३
नेदरल्याण्ड्सविरूद्ध सीताले लिइन् पाँच विकेट

२० माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलामा नेदरल्याण्ड्सविरूद्धको खेलमा नेपालकी अलराउण्डर सिता राना मगरले ५ विकेट लिएकी छन् ।

उनले नेदरल्याण्ड्सविरूद्ध ४ ओभरमा १२ रन दिएर ५ विकेट लिएकी हुन् । उनको करियरको यो दोस्रो पाँच-विकेट फिगर हो । यसअघि उनले हङकङविरूद्ध सन् २०२३ मा १६ रन दिएर ५ विकेट लिएकी थिइन् ।

सिताले नेपालका लागि ५८ टी२०आई खेल्दा ५९ विकेट लिएकी छन् । उनी नेपालका लागि टी२०आईमा सर्वाधिक विकेट लिने बलर समेत हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।

सिता राना मगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय