+
+

सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग राष्ट्रिय सभा सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १५:५९

२० माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सिमेन्टमा अत्याधिक मूल्यवृद्धि हुँदा निर्माण कार्यमा समस्या आइरहेको बताए ।

चार महिनाअघि ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भन्दा पनि बढी रहेको उनले बताए ।

‘अहिले यो सिमेन्टमा असाध्यै चर्को मूल्यवृद्धि भएको छ । यो भन्दा चार महिनाअघि साढे ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भएको छ । यसमा कार्टेलिङ भएको छ । सिण्डिकेट भएको छ,’ उनले भने, ‘यो निर्माण सामग्रीमा र विशेष गरेर सिमेन्टमा भएको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा भन्दा पनि नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने जुन स्थिति छ, यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको छ ।’

समेन्टमा भएको मूल्यवृद्धिका कारण नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने परिस्थिति रहेको गुनासो गर्दै उनले निर्माण कार्यमा लागत मूल्य बढिरहेको पनि बताए ।

‘एकातिर राज्यले पुँजीगत खर्च बढाउन सकिरहेको छैन । अर्कोतिर भएका विकास निर्माणका काममा पनि यस खालको मूल्यवृद्धिले लागत मूल्य बढ्ने र राज्यलाई बढी व्ययभार बढ्ने स्थिति भएको कारणले सरकारले छिटो भन्दा छिटो यसको समाधान गर्नुपर्छ । सार्वजनिक लेखा समितिले पनि छलफल गरेर सरकारलाई निर्देशन दिएको छ । त्यसको कार्यान्वयन गरी सिमेन्टको मूल्य घटाउन सरकारको तर्फबाट पहल होस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?