२० माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पाँचौ टाइगर कप भलिबलको पुरूषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३-१ सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
पुलिसले पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै अग्रता बनाएको थियो । दोस्रो सेटमा पनि पुलिसले लय कायम राख्दै २५-२१ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा गण्डकी प्रदेशले पुनरागमन गर्दै २५-२० ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत गरेको थियो । तर चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै पुलिसले खेल जित्यो ।
च्याम्पियन नेपाल पुलिस क्लबले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।
आइतबारै भएको महिलातर्फको फाइनलमा आयोजक टोली टाइगर ग्रुप पोखराले साविक विजेता एपीएफलाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।
प्रतिक्रिया 4