
२० माघ, काठमाडौं । व्यक्ति हत्याका एक आरोपितलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–११ घर भएकी ४१ वर्षीया सरु र सरस्वती भनिने शिवकुमारी सापकोटा छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
२६ भदौ २०६५ मा भक्तपुरको नखेल काक्राबारीस्थित सडकमा २८ वर्षीया शान्ता घिमिरेको हत्या भएको थियो । टाउकामा दाउ प्रहारबाट हत्या गरिएको घटनामा शिवकुमारीको संलग्नता रहेको खुलेको थियो ।
तर उनी फरार हुँदै आएकी थिइन् । उनलाई महाराजगञ्जबाट पक्राउ गरी भक्तपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4