+
+

घर भाडामा लिएर अनलाइन जुवा, ३ अर्ब बढीको कारोबारपछि २४ पक्राउ

पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली

बेटिङ एप्लिकेशनमार्फत अनलाइन गेम भन्दै अनलाइन जुवा खेलाउने गिरोहका २४ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १७:४१

२० माघ, काठमाडौं । अनलाइन जुवा खेलाउने गिरोहका २४ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । यो गिरोहले ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरले संयुक्त रूपमा २४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा १० भारतीय र १४ नेपाली नागरिक छन् ।

बेटिङ एप्लिकेशनमार्फत यो समूहले अनलाइन गेम भन्दै अनलाइन जुवा खेलाएको आरोप छ । भारतीय र नेपाली एजेन्ट भएर विभिन्न व्यक्तिहरूलाई ह्वाट्स एपमा सम्पर्क गरी खाता खोल्न लगाई अनलाइन जुवा खेलाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

यो समूहले अनलाइन/अफलाइन गेम खेलाई बेटिङ रकम भारतको विभिन्न बैंक खाताबाट नै डिपोजिट गर्ने र निकाल्ने गरेको पाइएको छ । ललितपुरको सानेपास्थित दुईवटा घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउँदै आएका थिए ।

उनीहरूविरुद्ध प्रहरीले मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन अनुसार कारबाही अघि बढाएको छ ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिकहरू २२ वर्षीय अजित कुमार, २४ वर्षीय मुकेश मण्डल, ४४ वर्षीय मनोजकुमार बजाज, २८ वर्षीय सुिमत खत्री, ३४ वर्षीय प्रबातकुमार साह, ३२ वर्षीय ओमप्रकाश खत्री, २८ वर्षीय रविप्रकाश विश्वकर्मा, २३ वर्षीय रवि अभिषेक ओझा र २२ वर्षीय शिवम् पाण्डे छन् ।

त्यसैगरी, नेपाली नागरिकहरूमा ३६ वर्षीय टंकबहादुर पछाईं, २५ वर्षीय तेज बोगटी, २३ वर्षीय लक्ष्मण बिष्ट, २५ वर्षीय अविला जिसी, ३४ वर्षीय हरिबहादुर जिसी, २२ वर्षीय समीर खड्का, २४ वर्षीय विक्रम पछाईं, २८ वर्षीय अशोक जिसी, ३४ वर्षीय गोपाल बिष्ट, १९ वर्षीय रवि बिष्ट र २० वर्षीय सुजन जिसी छन् । उनीहरू सबै प्युठान जिल्लाका हुन् ।

त्यस्तै, सुर्खेतका २४ वर्षीय भीष्म वली, सुर्खेतकै ३२ वर्षीय हेमन्त लोहनी गौतम र दार्चुलाका २० वर्षीय हेमन्त धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?