
काठमाडौं । दक्षिण भारतीय फिल्म ‘मिराई’को दोस्रो चरणको छायांकन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । पहिलो चरणको छायांकन पनि बैशाख पहिलो साता नेपालका विभिन्न स्थानमा भएको थियो ।
सोमबारदेखि १६ दिनसम्म नेपालका विभिन्न लोकेसनमा फिल्म छायांकन हुने निर्माण नियन्त्रक तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।
उनका अनुसार काठमाडौं, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा दोस्रो चरणको छायांकन हुनेछ । छायांकनका लागि अभिनेत्री श्रीया शरणसहित कलाकारको टोली आइतबार काठमाडौं आइपुगेको छ ।
तामिल, तेलुगु र हिन्दी फिल्मका चर्चित फिल्ममा अभिनय गरेकी शरण नेपालमा अजय देवगण स्टारर ‘दृश्यम’ र ‘दृश्यम २’का लागि परिचित छिन् ।
यी दुबै फिल्मले नेपालमा राम्रो कमाइ गरेका थिए । निर्माण नियन्त्रक लामाका अनुसार छायांकनका लागि अर्का अभिनेता जगपति बाबु सोमबार नेपाल आउनेछन् ।
बाबुले ‘पुष्पा २’मा मुख्यमन्त्रीको भूमिका निर्वाह गरेका थिए, जुन फिल्म अहिले पनि नेपालमा चलिरहेको छ । तेजा सज्जाको मुख्य भूमिका रहने यो फिल्मलाई कार्तिक गट्टामनेनीले निर्देशन गर्दैछन ।
प्रतिक्रिया 4