+
+

भेदभावविरुद्ध सीके राउतको गैरसरकारी विधेयक दर्ता

जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसुर र सजायको सम्बन्धमा थप व्यवस्थाका लागि राउतले प्रतिनिधिसभामा गैरसरकारी विधेयक दर्ता गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १८:१३

२० माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेदभावविरुद्ध गैरसरकारी विधेयक दर्ता गराएका छन् ।

‘जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ आइतबार प्र्र्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

समाजमा अहिले पनि जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिको आधारमा भेदभाव रहेकाले कडा कानुनी व्यवस्थाका लागि आफूले विधेयक दर्ता गराएको राउतले बताए ।
उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १०० बमोजिम गैरसरकारी विधेयक ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?