
२० माघ, काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ ।
आइतबार पक्राउ परेका थापालाई म्याद थपका लागि प्रहरीले सरकारी वकिल कार्यालय हुँदै म्याग्दी जिल्ला अदालत पुर्याएको थियो ।
अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको म्याग्दी प्रहरीका प्रवक्ता तथा इन्सपेक्टर सागर पौडेलले जानकारी दिए ।
थापासहितका व्यक्तिले कुमारी सहकारी संस्थाको डेढ अर्ब बढी रकम अपचलन गरेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4